२०८१ असार ३० गते आइतवार

नेपालगन्जबाट काठमाडौं जादै गरेको बस चितवनमा दुर्घटना १२ जना घाइते



पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा न- ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो।

दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरेर भरतपुरतर्फ पठाइएकाे जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

बसमा सवार ३५ जना यात्रुमध्ये अन्य सकुशल रहेको उनले बताए। बस सडकबाट करिब ५० मिटर तल नदीमा पुगेको थियो। कारमा चालकसहित ५ जना थिए। कारका चालकमात्रै घाइते भएको उनले बताए।

प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते शुक्रवार