२०८१ असार ३० गते आइतवार

तुलसीपुरमा ४ मजुवाका खड्का माथि धारिलो खुकुरी प्रहार गम्भीर घाइते



दाङको तुलसीपुरमा मंगलबार विहान एक ब्यक्तीमा खुकुरी प्रहार भएको छ तुलसीपुर उपमहानगरपालिका–४ मजवा ठूलाखाली चोकमा सामान्य विवाद हुँदा २४ बर्षीय गोरखलाल खड्कामाथि चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । सोही ठाउँका २१ बर्षीय पवन केसी सहितका ब्यक्तीले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।

चक्कु प्रहार हुँदा ढाडमा गहिरो चोट लागेका खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नर्सिङहोम नेपालगञ्ज लगिएको छ । चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पवन केसी सहित सोही ठाउँका १८ बर्षीय झग्गु वली र २२ बर्षीय विकास पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

साथै उनीहरुको साथबाट रा ६ प ५०, रा ४ प ५२४ र रा ६ प ४०६५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार