२०८१ माघ १ गते बुधवार

दाङको तुलसीपुरमा नास्ता खाने क्रममा चाउँमिनमा मान्छेको नङ



दाङको तुलसीपुरमा नास्ता खाने क्रममा चाउँमिनमा मान्छेको नङ भेटिएको छ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको गेटभित्र रहेको राप्ती नास्ता पसल (चमेना गृह) मा चाउमिन खान जादा प्लेटमा चाउमिन सँगै मान्छेको नङ फेला परेको तुलसीपुर–१७ का बम बहादुर बस्नेतले जानकारी दिनुभयो । प्रादेशिक अस्पतालमा चेकजाँचका लागी गएको अवस्थामा नास्ता खानका लागी सो पसलमा पुग्दा चाउमिनमा नङ भेटिएको उहाँले बताउनुभयो । त्यसपछी साथमा गएका ४ जनाले खादै गरेको चाउमिन छोडेर पैसा पनि नदिएर फिर्ता भएको उहाँको भनाई छ । नास्ता पसल सञ्चालकसँग यो विषयमा गुनासो गरेपनि कुनै जवाफ प्राप्त नभएको उहाँले बताउनुभयो ।
यता पसल सञ्चालक शुसिल वलीले भने यस विषयमा आफु अल्लमल्लमा परेको बताउनुभएको छ । आफु लगाएत स्टाफहरु कसैको पनि त्यस्तो नङ नभएको भन्दै उहाँले चाउँमिन उद्योगबाटै यस्तो त्रुटी भएको हुनसक्ने बताउनुभयो । यसमा राम्रोसँग नहेर्ने आफ्नो पनि कमजोरी रहेको स्विकार गर्दै उहाँले अब यस्ता कमजोरी नदोहोरिने बताउनुभएको छ । आगामी दिनमा यसलाई सुधार गर्दै लैजाने उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार