२०८१ पुष २८ गते सोमवार

उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण




पर्सा २७ जेठ
उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा जिराभवानी गाउँपालिका वार्ड न.५ शंकर सरैया स्थित रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा कक्षा १ देखी कक्षा ५ सम्म अध्यन्नरत १६० जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै ५ थान सिलिङ्ग पंखाको प्रबन्ध गरिएको छ ! एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयको प्रधानाध्यापक रामनारायण प्रसाद थारुलाई पंखा हस्तान्तरण गरिएको छ ! सो कार्यक्रममा संस्थाको अभिभावक श्री पद्मा देबी सरावगी, सदस्यद्वय सज्जन अग्रवाल, अँकुश शर्मा तथा बिद्यालयको शिक्षक शिक्षिका ,स्थानीय भद्रभलादमी तथा बालबालिकाहरुको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश थारुले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार