काठमाडौँ जेठ २२ । चर्चित लोकगायक राजु परियार र गायिका रिता बरालिको स्वर रहेको दोहाेरी गीत ” परदेशिय खुशि नै भाकोछु ” सार्वजनिक भएको छ । गीतमा शब्द सृजना र लय सृजना रिता बरालिको रहेको छ
गीतको भिडियोमा बिबि बरालि र जुना गुरुङ फिचर्ड छन् । गीतमा परदेशमा बसेर पनि आफ्ना परिवारलाइ खुसि , सुखि बनाएर राखेको कुरा प्रस्तुत गरिएको छ , यसै गितका गायिका रिता बरालि र मोडल बिबि बरालि श्रीमान/ श्रीमति हुनुहुन्छ, उहाहरुले सम्युक्त रुप्मा यस गितलाइ प्रस्तुत गर्नुभएको हो
सुजन कोइरालाले सम्पादन गरेको गीतको भिडियोलाई निशान बानियाले निर्देशन गरेका हुन् । गीत रिता बरालि अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार