![](https://raptisanchar.com/wp-content/uploads/2021/06/default.jpg)
दाङ, २० जेठ ।
दाङमा स्वर्गद्वारी गुठी पीडित किसानहरुले घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका किसानमाथि प्रहरील लाठी चार्ज गरेको छ।
आइतबार बिहान करबि १० बजे कार्यालयमा ताला लगाउन गुठी पीडित किसानमाथि प्रहरीले लाठी चार्ज गर्दा केही किसान घाइते भएका छन्।
यद्यपि किसानहरूले मालपोत र नापी कार्यालय अगाडी आन्दोलन गरिरहेका छन्।
उनीहरुले सरकारले पटक–पटक आफुहरुसँग विभिन्न सम्झौता गरेपनि कार्यान्वयन नगरेकाले तालबन्दीमा उत्रनु परेको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए।
तालाबन्दी भएको मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् । आन्दोलनकारीलाई हटाउन प्रहरीले १० राउन्ड अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि रामबहादुर केसिले बताए । त्यहाको अबस्था अहिले तनावग्रस्त रहेको छ ।