२०८१ माघ १ गते बुधवार

दाङ तुल्सीपुरमा रहेको सगरमाथा बालबाटिकामा निर्वाचनबाटै नेतृत्व छनोट




जेठ १८,दाङ / तुलसीपुर -९, बेलुवामा रहेको विद्यालयले विद्यार्थीको व्यक्तित्व, नेतृत्व विकासको साथै क्षमता अभिवृद्धि र प्रजातान्त्रिक प्रणालीबारे जानकारी दिन निर्वाचन गरेको हो। विद्यार्थीलाई प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व छनौट गर्ने कुराको विकास गराउन निर्वाचन गरिएको निर्वाचन अधिकृत केशर सिं बुढाथोकीले बताउनुभयो ।

शुक्रबार बिहान ७ बजेबाट सुरू भएको निवार्चनमा मतदाता विद्यार्थीको सक्रिय सहभागिता रहेको मतदान अधिकृत शरद शर्मा मज्गैँयाले बताउनुभयो । निर्वाचन शान्तिपूणर्रुपमा भएको अर्का मतदान अधिकृत ठाकुर डाँगीले बताउनुभयो ।

निर्वाचनबाट सगरमाथा चाइल्ड क्लबको अध्यक्षमा सम्राट चौधरी बिजयी हुनुभएको छ । क्लबको उपाध्यक्षमा महेश वली, सचिवमा श्रृष्टि बस्याल, कोषाध्यक्षमा अनु रसाईली, महिला सदस्यमा विन्दु खनाल,  खुल्ला सदस्यमा प्रीन्सेस गुरूङ र अनिस्का डाँगी बिजयी हुनुुभएको छ ।

सगरमाथा क्वालिटी सर्कल (सिक्यूसी) को अध्यक्षमा अमित नेपाल निर्वाचित हुनुभएको छ । सर्कलको उपाध्यक्षमा गौरव  भुषाल, सचिवमा मिसन केसी, कोषाध्यक्षमा भुवन वली, महिला सदस्यमा मनिसा वली, खुल्ला सदस्यमा अञ्जली विक र शैलेस केसी बिजयी हुनुभएको छ ।

विद्यालयस्तरबाटै विद्यार्थीलाई सफल नेतृत्व चयन गर्न सकेमात्र सभ्य र पारदर्शी समाजको निर्माण हुन सक्ने विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बताउनुभयो । उहाँले विद्यार्थीलाई व्यावहारीक ज्ञानमा जोड दिदै प्रजातान्त्रिक अभ्यासले आफूमा सफल नागरिक छनोट गर्न सक्ने, उचित निणर्य लिनुको साथसाथै पढाईमा सहयोग पुग्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार