
रोल्पा २०८१ जेठ १४ सोमबार .
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं २ नुवागाउँ स्थित अरनिको माध्यमिक विद्यालयमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सोमवार बिद्यालयलबाट सेवा निवृत्त भई जाने शिक्षकद्वय टोप बहादुर बुढा र गोविन्द बुढा मगर तथा सरुवा भई जाने शिक्षकद्वय पुष्कर कुमार पोख्रेल र खिम बहादुर बुढालाई एक भव्य कार्यक्रमकाबिच खादा, माला तथा अबिर लेपन र सम्मान पत्र प्रदान गरी बिदाई तथा सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालय सहायक प्रधानाध्यापक झुमा कुमारी घर्ती मगरले सेवा निवृत्त तथा सरुवा भई जाने शिक्षकहरुले लामो समय सम्म बिद्यालयलाई जुन योगदान दिनु भएको छ त्यो निकै सर्हानिय रहेको भन्दै धन्यवाद व्यक्त समेत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा कक्षा १० का छात्र मिलन घर्ती, कक्षा १० कै छात्रा निशा घर्तीले शिक्षकहरुको तर्फबाट शिक्षक निम बहादुर के.सी., बिदाई हुने शिक्षकहरु खिम बहादुर बुढा, पुष्कर कुमार पोख्रेल, टोप बहादुर बुढा, गोविन्द बुढा मगरले मन्तव्य राख्नु भएको थियो । प्रधानाध्यापक गणेश कुमार घर्ती मगरले विदाई भई जाने शिक्षकहरुले गर्नु भएको कामको सम्झना साथै उहाँहरुले आफ्नो जीवनको उर्जाशील समय यस विद्यायलको शैक्षिक उन्नयनमा पुर्याउनु भएको योगदानको प्रशंसा गर्नुभएको थियो ।
प्रमुख अतिथि तथा त्रिवेणी गाउँपालिका २ नं. वडाका वडा अध्यक्ष कबिराज बुढाले विदाई भई जाने शिक्षकहरुमा असल शिक्षकमा हुनुपर्ने गुणहरु भएको र उहाँहरुले आफ्नो जीवनको उर्जाशील समय यस विद्यायलको शैक्षिक उन्नयनमा पुर्याउनु भएको योगदानको उच्च सम्मान तथा कदर गर्नु भएको थियो । साथै विद्यालयमा अध्यापनरत शिक्षकहरु जसले नयाँ सीप, ज्ञान, विधी, प्रविधी र सामाग्रीको भरपुर प्रयोग गरी विद्यालयलाई नमुना विद्यालय बनाउन प्रत्यन गर्न अनुरोध गर्नुभएको थियो जसका लागि आफुले गर्ने सहयोग गर्न तत्पर भएको कुरा पनि बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा विद्यार्थी भाई बहिनीहरुको बिदाईको गित तथा सांस्कृतिक प्रस्तुति पनि रहेको थियो । साथै भुटानमा हुन गइरहेको ८ औँ दक्षिण एशियाली कराँते प्रतियोगिताका लागि २०८० जेठ ११ र १२ गते नेपालगन्जमा सम्पन्न लुम्बीनी प्रदेश स्तरीय छनोट प्रतियोगितामा रोल्पाबाट प्रतिनिधित्व गरी यस विद्यालयका खेल प्रशिक्षक मनोज पुन मगर र कक्षा १२ मा अध्यनरत छात्रा पुर्णिमा घर्ती मगरले आफ्नो तौल समूहमा स्वर्ण पदक हासिल गरेकाले उहाँहरुलाई खादा, माला तथा अबिर लेपन गरी सम्मान गरीएको थियो ।
कार्यक्रमको सञ्चालन तथा संयोजन शिक्षक पर्शुराम घर्तीले गर्नु भएको थियो ।



