राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर -सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म र साँझ ९ बजेदेखि राति १२ बजेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गरी जनाएको छ । सडक जेठ ११ गतेदेखि जेठ २० गतेसम्म बन्द हुने छ ।
सडक चौडा गर्नका लागि राम्रीदेखि कपुरकोट सम्मको विभिन्न स्थानमा व्याक कटिङ गर्नुपर्ने भएकाले गर्नुपर्ने भएकाले दैनिक ९ घण्टा बन्द हुने सूचनामा उल्लेख छ । राम्री– कपुरकोट सडक बन्द भएको समयमा साना सवारी साधनलाई पैयाँखोरिया सातबास किमुचौर हुँदै कपुरकोट सडकलाई वैकल्पिक रुपमा प्रयोग गर्न समेत आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार