२०८१ माघ १ गते बुधवार

ईलाका प्रहरी पोखरीया प्रमुख केसीको विदाइ र ढकाल को स्वागत



पर्सा । पर्साको पोखरिया नगरपालिकमा रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीको विदाई गरिएको छ । बुधबार एक समारोहको आयोजना गरेर उनलाई दोसल्ला, माला र टिका लगाएर बिदाई गरिएको हो ।

प्रहरी निरिक्षक केसीले १५ महिनासम्मको बसाइमा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र खुल्ला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनिय काम गरेको भन्दै उनलाई विशेष सम्मानसहित बिदाइ गरिएको हो ।

सो क्रममा केसीले खुल्ला सिमानाकामा अपराधिक गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग तथा समन्वयको कारण सफल भएको बताए । उनले भने, ‘प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो, आउने र जाने काम भइरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौँ ।’

त्यस्तै पोखरियामा आएका नयाँ प्रहरी निरिक्षक राजन ढकाललाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा छिपहरमाई गाउँपालिका कमिटीका अध्यक्ष तथा माओवादीका नेता अरमान खान, सारुख मियाँ,  पत्रकार धिरज बर्णवाल, राजन बानियाँ, बलिराम यादव, नवल यादव, माओवादीका युवा नेता प्रदिप पटेल, रमेश यादव, हिमन्चल कुशवाहा, राजु शमानी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार