सरकारले वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिमलाई निःशुल्क बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
यसअघिका श्रममन्त्री शरदसिंह भण्डारीले यस्तो तालिमको शुल्क सात सय रुपैयाँ बाट बढाएर २८ सय रुपैयाँ पुर्याएका थिए। त्यसलाई बर्तमान मन्त्री डिपी अर्यालले खारेज गरेर यस्तो शुल्क सात सयमै झारेका थिए। तर, अब त्यस शुल्कलाई पनि क्रमशः निःशुल्क बनाउने सरकारको नीति छ।
यस्तै, सिपबिना वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई अन्त्य गरिने उनको भनाइ छ।
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार