२०८१ पुष २८ गते सोमवार

सगरमाथा सिमेन्टको लापरबाहीका कारण रानागाउँका जनता मारमा

रानागाउ चुनढुङ्गा उत्खननमा स्थानीयको बिरोध


रोल्पाको त्रिवेणी गाउँपालिका-३ रानागाउमा चुनढुङ्गा उत्खन्नमा स्थानियले बिरोध गरेका छन्। बिभिन्न समयमा स्थानियले आन्दोलन गर्दै आएको तर सिमेन्ट उद्योगका कर्मचारीहरूले आस्वासन दिएर टार्दै आएको स्थानियले बताएका छन्।

बिरोध गर्नुको कारण बिभिन्न प्रकारका लाल्छना/ आस्वासनहरू देखाइएको तर हालसम्म परिपुर्ति नगरेको कारण आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिको अध्यक्ष भावना घर्ती मगरले बताएका छन्। उनका अनुसार खानि सञ्चालन गर्नु अगाडि बस्तीहरू उठाएर मात्र खानि सञ्चालन गर्ने प्रतिवद्धता भएको तर बिचमा बिभिन्न आस्वासनहरू देखाएर खानी सञ्चालन गरेको बताएका छन्। बयाना दिदा कम्पनीले १० महिना भित्रमा जग्गा खरिद गर्ने बताएको तर २६ महिना सम्म पनि जग्गा खरिद गर्न कम्पनीले ढिला गरेपछी सङ्घर्ष समिति ले आन्दोलन गरेको बताएका छन्। जब सम्म माग पूरा हुदैन हामी आन्दोलन गर्न बाध्य हुनेछौं । अजै पनि ३६ घरधुरी बाकि रहेको बताएका छन्।‌

कम्पनीले एउटा समन्वय समिती पनी बनाएको छ तर उक्त समिती गठन गर्दा आफ्नो पक्षको लाई मात्र बसालेको सङ्घर्ष समितिले बताएको छ। समन्वय समितीका ब्यक्तिहरु पहिले सङ्घर्ष समिति मा नै रहेको तर अहिले समन्वय समिती मा लागेको बताएका छन्। समन्वय समितीले भने हामीले सिमेन्ट उद्योग लाई सक्दो सहयोग गर्ने बताएका छन् र समन्वय समिति भने सगरमाथा सिमेन्ट उद्योगको पक्षमा रहेको सङ्घर्ष समितिले बताएका छन्।

घोराही सगरमाथा सिमेन्टका म्यानेजर अमर सुबेदी का अनुसार १५०० रोपनी जग्गा किनेको तर करिब २५० रोपनी जग्गा किन्न बाकि रहेको बताएका छन्। यो जग्गा किन किन्नु भएन भनेर सोध्दा उनले २५० रोपनी जग्गा आर्थिक मन्दिको कारणले किन्न नसकेको बताएको छन्। अब कहिले सम्म जग्गा खरिद गर्नुहुन्छ भन्दा एक डेढ बर्षको अवधी भित्र कम्पनी ले जग्गा खरिद गरिदिने बताएका छन्। जग्गा चाडै बिक्री गर्ने बारे भने उनले खरिद गर्न नसकिने बताएका छन्।

चुनढुङ्गा लानको लागि आएका टिप्परहरू लाई सङ्घर्ष समिति ले रोकिदिएको छ। दिन-रात आन्दोलन मा सरिक हुदा पनि कम्पनीले आफ्नो माग पूरा नगरेर अराजक तरिकाबाट टिप्परहरू बोलाएको सङ्घर्ष समितिले बताएका छन्।

सङ्घर्ष समिति र कम्पनी बिच समझौता नमिले पछी सङ्घर्ष समिति ले आन्दोलन जारी राखेको छ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार