२०८२ बैशाख २९ गते मङ्गलवार

दाङमा बन्चरो प्रहार गरि दुई महिलाको हत्या



दाङमा बन्चरो प्रहार गरि दुई महिलाको हत्या गरिएको छ । घोराही उपमहानगरपालिका – १० पहेलपारमा ५० बर्षीया जुतली बुढा र ४४ बर्षीया संगिता सुनारको हत्या भएको  जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कोठा भाडामा बस्दै आएका उनीहरुमाथि बञ्चरो, कोदालो प्रहार गरी हत्या गरिएको छ । 

दुई महिलाको आज शनिबार दिउँसो साढे १ बजेतिर  हत्या गरेको आरोपमा प्रहरीले रोल्पाका ५८ बर्षीय टेकबहादुर घर्ती पक्राउ गरेको छ । उनी पेशाले अटो चालक रहेको तथा घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएको भन्ने खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार