२०८३ असोज २२ गते शुक्रवार

काग्रेसले मलाई अन्याय गर्यो, तर, व्यावसायिक हितका लागि मतदाताले न्याय गर्नुहुन्छ भन्ने विश्वास छ–अध्यक्षका उम्मेद्वार शाह



तपाईंको उम्मेदवारी किन

हाम्रो उम्मेदवारी व्यवसायीको समस्या समाधानका लागि हो । अहिले आर्थिक मन्दी छ । व्यवसायीहरूलाई घर भाडाको समस्या छ । विभिन्न खालका दोहोरो करको समस्या छ । यी समस्या समाधानका लागि हाम्रो उम्मेदवारी हो । उद्योग वाणिज्य संघ राजनीति गर्ने थलो होइन । नितान्त व्यवसायीहरूको साझा संस्था हो । साझा संस्थामा सबैको प्रतिनिधित्वका लागि पनि हाम्रो उम्मेदवारी हो । यतिमात्रै होइन तुलसीपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्य सेवाको सबलीकरण गर्न, एयरपोर्टको विस्तार गर्न पनि हाम्रो उम्मेदवारी हो । त्यतिमात्रै होइन तीनै तहको सरकारसँग व्यवसायीमैत्री नीति निर्माणमा खबरदारी गर्न र साना, ठूला व्यवसायीहरूको प्रतिनिधित्वका लागि हाम्रो उम्मेदवारी हो । यी समस्या सम्बोधन गर्न कार्यक्रम के छन् त ? आफैले बुझाएको कर अनुसारको सेवा नपाइरहेको अवस्था छ । व्यावसायिक सीप, दक्षताको विकास, आठ प्रतिशतमा लिएको ऋण १८ प्रतिशतसम्म पुग्दा बैंक ऋणकै कारण व्यवसायी पलायन हुने अवस्था आयो, त्यतिबेला पनि हामीले आवाज उठायौ । ब्याजदर केही घटेको छ । यसको निश्चित मापदण्ड लागू गर्नका लागि व्यवसायीका लागि सशक्त भएर लाग्नेछौं । हामीले नीति सुधारका लागि खबरदारी गर्ने, व्यावसायिक सेवाका लागि सरकारसँग समन्वय गर्ने काम गर्नेछौ । व्यवसायीको माग मन्दीबाट मुक्ति पाउने हो, के गर्न सकिन्छ त ? मन्दी राष्ट्रिय समस्या हो । सरकारले नै यस विषयमा केही सोच्नुपर्छ । तर सरकारलाई यो विषयमा गम्भीर बन्न र व्यवसायीहरूमाथि परेको मर्का सम्बोधनका लागि हामीले खबरदारी गर्ने काम गर्छौ । उद्योग वाणिज्य संघले यो समस्या समाधान गर्न सक्दैन तर निरन्तर आवाज उठाउने, व्यवसायीका समस्याप्रति राज्यलाई जिम्मेवार बनाउने काम हाम्रो हो हामी गर्छौ । तपाईंको जित्ने आधार के हो ? पहिलो आधार मतदाता हो । कांग्रेस निकटकै हामी दुईजना अध्यक्ष पदको प्रत्यासी छौं । पार्टीका केही मान्छेले मलाई अन्याय गरे । उपाध्यक्ष भइसकेको मान्छेलाई अध्यक्षका लागि अवसर नदिएर महासचिवलाई अध्यक्ष पदको अवसरका लागि अघि सारे । पार्टीले अन्याय गरे पनि मतदाताले न्याय दिलाउनु हुन्छ भन्ने विश्वास छ । अर्को कुरा उद्योग वाणिज्य संघ राजनीति गर्ने ठाउँ होइन, साझा संस्था हो । म कांग्रेस हुँ, मेरो नेतृत्वमा आठ दल समर्थक व्यवसायी साथीहरू ? यो टिममा हुनुहुन्छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा लगायतका दलहरूले हामीलाई समर्थन गरेकाले साझा संस्थामा सबै आस्था, विचार, साना, ठूला व्यवसायीहरू अटाउने गरी उम्मेदवारी दिएकाले अर्को जित्ने बलियो आधार छ । अर्को कुरा यो संस्थामा विभिन्न पदमा बसेर चार कार्यकाल गुजारेको अनुभव छ । त्यो अनुभवले व्यवसायीको हितमा काम गर्न सक्छ भन्ने व्यवसायीमा विश्वास छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार