बैशाक तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प ४७९३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको रा ६ प ८९६९ नम्बरको मोटरसाइकलले तुलसीपुर–१९ डाँडागाउ नजिकै हिजो दिउँसो ठक्कर दिदा ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घाइते हुनेमा रा ४ प ४७९३ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–१८ विजौरीका ४८ वर्षीय हिम बहादुर घर्ती, सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका ३६ वर्षीय मोहनलाल सुनार, रा ६ प ८९६९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ रानिजरुवाका २५ वर्षीय यडिमन जिएम र पछाडी सवार सोही ठाउँका २१ वर्षीय सन्तोष रास्कोटी रहेका छन् । घाइते ४ जना मध्य दुबैजना मोटरसाइकल चालकलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ भने अन्य दुईजना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।।