२०८१ माघ १ गते बुधवार

सुविज्ञा बुढा बचाउ अभियान मा रोल्पालि सेवा समाजले सहयोग हस्तान्तरण गर्यो



२०८१/०१/२१ शुक्रबार/रोल्पा
त्रिवेणी ४ सिमपानि रोल्पा कि १३ बर्षिय सुविज्ञा बुढा को कलेजो प्रत्यारोपणका लागि रोल्पालि सेवा समाजले आज त्रिवेणी ४ का वडा अध्यक्ष गगां प्रशाद घर्ती को प्रमुख अतिथि र अतिथि हरु वडा सदस्य भिम बहादुर बुढा, बुढागाउ स्वास्थ चौकि प्रमुख धन बहादुर घर्ती ,बुद्धिजीवी गौरव डागि, जनकल्याण माबि कि शिक्षिका तथा बौद्धिक व्यक्तित्व प्रेम कुमारी घर्ती , समाजसेवी प्रविन खड्का ,लेखमनि बुढा,कुलराज बुढा,अमित हमाल ,गणेश डागि,दिलमाया खड्का ,नेकपा एमाले ४ नं वडा अध्यक्ष गन्ज बहादुर घर्ती ,रोवर पुन,थमन सुनार को उपस्थिति रहेको थियोे ,सहयोग वडा सरकारको रोहवरमा (१४८,२५६) एक लाख अर्चालिस हजार दुई सय छपन्न रुपैयाँ हस्तान्तरण गर्नुभएको छ। भने कार्यक्रम मै सहयोग प्रविन खड्का बाट रु ५,०००/- र गणेश डागि बाट २,०००/- गर्नुभएको छ। भने पिडित कि आमा भिम कुमारी बुढाले सहयोग गरेकोमा रोल्पालि सेवा समाज लाई अझै दुखि पिडित को घाउमा मलहम बनोस् र जस जसले सहयोग गर्नुभयो सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ भने वडा अध्यक्ष गंगा प्रसाद घर्ती ज्यु ले सहयोग गर्ने सहयोगी मन प्रति र रोल्पालि सेवा समाज का सम्पूर्ण टिम प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ। भने सहयोग हस्तान्तरण कार्यक्रम स्वंय रोल्पालि सेवा समाजका प्रवक्ता तथा सुविज्ञा बचाउ का संयोजक वकिल बहादुर पुन ले गर्नुभएको थियोे ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार