२०८१ जेष्ठ २ गते बुधवार

बझाङ प्रदेशसभा १ को १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी



शनिबार भएको उपनिर्वाचनमा प्राप्त मत परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । यो भनेको उनीहरूबीच २६६ मतको अन्तर हो।

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३८ सय ३१ मतसहित तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५ सय १४ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार