२०८१ बैशाख ३१ गते सोमवार

एमाले दाङको अधिबेशन जेष्ठ ६ गते, नेतृत्वको दौडमा



नेकपा एमाले दाङ जिल्ला कमिटीको १४ औ जिल्ला अधिबेशन जेष्ठ ६ गते हुने भएको छ । अधिबेशन उद्घाटन गर्न एमाले अध्यक्ष केपि शर्मा ओलि आउने कार्यक्रम तय भएको छ । दङ्गाली कम्युनिस्ट आन्दोलनका अगुवा स्व. नेत्रलाल अभागिको ४१ औ स्मृति दिबसको अबसर पारेर जिल्ला अधिबेशन गर्न लागीएको एमाले दाङका सचिब मनोहर बुढाथोकिले बताए । जिल्ला अधिबेशन मिति नजिकिँदै जादा चहल पहल बढेको छ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले पनि पार्टी भित्र र बाहिर पनि चासो बढ्दै गएको छ । यसअघि एमालेका पुराना नेता शिबकुमार आचार्यले पार्टीको जिल्ला नेतृत्वको बारेमा समय आएपछि बोल्ने बताएका थिए । अघिल्लो पटकको अधिबेशनमा पनि आचार्य नेतृत्वको दौडमा थिए । पछि आफै ब्याक भए । अहिले पार्टी निकट स्रोत अनुसार यसपाली पनि आचार्य नेतृत्वको दौडमा छन । यसैगरेर बर्तमान जिल्ला पार्टी अध्यक्ष हुकुम बस्नेत पनि अध्यक्षको आकाङ्क्षि रहेको पार्टी निकट स्रोतले बतायो । बस्नेत सजिलै अध्यक्ष पद छाड्ने पक्षमा छैनन । युबाहरुको नेतृत्वमा प्रतिनिधीत्व हुनुपर्ने भन्दै पार्टीका बर्तमान जिल्ला सचिब मनोहर बुढाथोकीले सुरुदेखि नै दौडधुप बढाउदै लगेका छन । उनि पनि सजिलै नेतृत्व छाड्ने पक्षमा नरहेको पार्टी निकट स्रोतले बताएको छ । जिल्ला उपाध्यक्ष रहेका राममणि पाण्डे एमालेको केन्द्रिय कमिटिको अपानीका कारण जिल्लाको नेतृत्व गर्ने अध्यक्ष पदको दौडमा छैनन । पार्टीको अपानीमा जनप्रतिनिधी भएका नेता पार्टीको मुख्य जिम्मेवारीमा बस्न नपाउने उल्लेख भएका कारण पाण्डे नेतृत्व दौडमा रहेनन । उनि सम्भब भएसम्म पदाधिकारीको आकाङ्क्षि भएको बताइन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार