रोल्पा, ११ वैशाख । रोल्पा गंगादेब गाउँपालिका वडा न ६ राँक खानिखोला का एक विपन्न परिवारलाई नगत रकम सहित खाद्यान्न सामाग्री सहयोग गरिएको छ । केहि वर्ष पहिला देखि नै घरको आर्थिक अबस्था निकै कम्जोर भएको र खाना बस्न को लागि निकै समस्या भएको र घरको कमाउने मूल मान्छे नै दुवै आखा देख्न नसक्ने भएकाले तुल बहादुर रानाको घर मै पुगी संचारकर्मी भुपेन घर्ती मगरकले आर्थिक सहयोगको अपिल गर्दै भिडियो निर्माण गरि सामाजिक संजाल फेसबुक र युटुबमा मार्फत सार्वजनिक गरेका थिए । उक्त भिडोयो सार्वजनिक गरे लगतै भिडियो हेरेर स्वदेश तथा बिदेश बाट मनकारी ब्यक्तिहरूले पठाएको रकम रू २४ हजार तुल बहादुरको घरमै पुगी केहि खाद्यान्न सामाग्री सहित संचारकर्मी घर्ती मगरले हस्तान्तरण गरेका हुन् ।
तुल बहादुरको घरमा ४ छोरी, १ छोरा, वुवाआमा, श्रेमति र आफु सहित ९ जनाको संयुक्त परिवार छ । घरमा कमाएर परिवार पाल्ने तुल बहादुर रानाको संसार नै अन्धकार छ । एक छाक टार्न भनी उनको बुढी आमा र भर्खरकी छोरी र बैनी भारत कमाउ गएका छन् । आँखा उपचार गर्न लाखौं पैसा लाग्ने छ । तुल बहादुर कि श्रेमतिले भनिन – स्थानीय सरकार सँग श्रेमानको आखा उपचारका लागि हार गुहार गर्दा पनि कुनै सहयोग पाएका छैनौ ।
आर्थिक अभावमा गुज्रिएर अन्धकार जीवन बिताईरहेका तुल बहादुर रानाको उपचार को लागि सबैले सकेको आर्थिक सहयोगी गरिदिनु हुन् संचार्कर्मी भुपेन घर्ती मगरले सम्पूर्णमा सहयोगी मनहरु लाई अपिल समेत गरेका छन् ।
सहयोगको लागि सम्पर्क : ९८६६२०६६०९ & ९८१२८१२४२९