२०८१ माघ १ गते बुधवार

दाङमा मन्दिरको मूर्ति र घण्टी चोरी गर्ने तीन जना पक्राउ



दाङमा मन्दिरको मूर्ति र घण्टी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुलाई दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरमा माताको भेषमा गएर मूर्ति चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।उनीहरुले हिजो आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी गरेका थिए । तीनै जनाले आफूहरु माता रहेको र भगवानले दिएको भन्दै मूर्ति र घण्टी ल्याएको दाबी गरेका छन् । उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।। 

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार