२०८१ जेष्ठ ६ गते आइतवार

बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला



 सुर्नया गाउँपालिका–८ ढोलेमा ४५ वर्षिय पुरुष मृत फेला परेका हुन् ।

सुर्नया गाउँपालिका  वडा नं ८ मा डेरा गरि  बस्दै आएका सडक खण्डमा काम गर्ने  कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका मजदुर  पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत  फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी  प्रवक्ता प्रहरी निरीक्ष खेमविक्रम  केसीले जानकारी  दिए । बुधवार राति खाना खाएर   सुतेका उनि बिहीवार बिहान ६ बजे  मृत अवस्थामा फेला परेका बताइएको  छ ।

मृतक धोबीको शव पोष्टमार्टमा लागि डडेल्धुरा अस्पतला लगिएको  प्रहरी प्रवक्ता केसीले  बताए  । उनको  मृत्युको  कारण खुलेको  छैन्  घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार