२०८१ जेष्ठ ६ गते आइतवार

त्रिभुवन विमानस्थलमा पार्किङ गरेको जहाजमा १ किलो सुन बेवारिसे अवस्थामा फेला



दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको छ ।

३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभूज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको हो ।

फ्लाइट नम्बर ६ई११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद भएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार