२०८१ जेष्ठ ६ गते आइतवार

कपडा, मोबाईल पार्टस र पाडा/पाडी नियन्त्रण



नवल प्रसाद यादव । वीरगंज, ०५ बैशाख ।
पर्सा प्रहरीले लाखौं मुल्य बराबरको कपडा, मोबाईल पार्टस र पाडा/पाडी नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट लत्ताकपडाहरू, मोबाईलका पार्टसहरू, प्याज, चियापति र पाडी/पाडाहरू नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट ७ लाख ३२ हजार ७ सय ३० मुल्य बराबरको कुर्ता सुरवाल, टपस, कुर्ता बनाउने थान कपडा, कार्पेट रोल, मोबाईल चार्जर, मोबाईल बैट्री सानो, एयर बड्स, डिस्पले, टेम्पर ग्लास, डाटा केबल, मोबाइल कभर, प्याज र मिट मसाला नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।


त्यसै गरी इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउपालिका वडा नं.२ स्थित सडकखण्डबाट ना.३ च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको पाडाहरू ५ गोटा, पाडी १ गोटा सहित नियन्त्रणमा लिइ अं.मु.रू.१० लाख ४० हजार मुल्यांकन गरी आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार