२०८१ जेष्ठ ६ गते आइतवार

पर्सा प्रहरी द्वारा बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रण-



बीरगंज, ०३ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार राति करिब १०:१० बजेको समयमा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति वीरगञ्ज बाट चितवन तर्फ जाँदै गरेको ना. ३ ख ५१६५ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ५८ लाख ४६ हजार २ सय ४१ बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार