२०८१ जेष्ठ ६ गते आइतवार

बारा प्रहरीद्वारा २ लाख बढीको भन्सार छलीका सामग्री बरामद



बारा । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका सामग्रीसहित साइकल नियन्त्रणमा लिएको छ । मातहतको प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मा चेकजाँच गर्दा १ लाख मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । 

२० पिस सर्ट पाइन्ट, ५० पिस टोपी, ३२ पिस पेटिकोट, २÷२ पिस रेडिमेड पाइन्ट सर्ट, ३४ पिस साडी र १ पिस कुर्ता सुरुवाल बरामद गरिएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । प्रहरी नायब उपरीक्षक न्यौपानेकाअनुसार प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले पनि भन्सार छलीका सामग्री बरामद गरेको छ । 

बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरमा चेकजाँच गर्दा ७२ हजार बराबरको तरकारी बरामद गरिएको छ । भारतबाट १२ वटा साइकलमा तरकारी बोकेर आउँदै गरेका व्यक्तिहरु प्रहरीलाई देख्ने बित्तिकै साइकल छोडेर भागेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । 

बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ खुदिया टोलबाट पनि प्रहरीले ३० हजार ८४० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको टोलीले १४ हजार मूल्य बराबरको १३० किलो चिनी र ३ हजार बराबरको ३ कार्टुन बिस्कुट बरामद गरेको छ । 

सबै गरी २ लाख १९ हजार ८ सय ४० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरी आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार