२०८१ जेष्ठ ६ गते आइतवार

रोल्पाको थवाङमा नेकपा एमाले पार्टी प्रवेेश गर्नेको लहर बढ्दै



२०८० चैत २८

रोल्पा- माओवादी पार्टी परित्याग गरी रोल्पाको थवाङ गाउँपालिकामा २८  जना बढीले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । 

नेकपा एमाले रोल्पाले थवाङको शहिद स्मृति सभाहलमा गरेको विशेष कार्यक्रममा माओवादी तर्फबाट हिरा रोकाको नेतृत्वमा २८ जना बढिले नेकपा एमाले प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरुमा हिरा रोका,इक बहादुर बुढा,तेज रोका,ईक प्रसाद बुढा,राजधनी रोका,चन्द्र बुढा,लक्ष्मि घर्ति,जुनमाया नेपाली,अनिता झाक्रि,विन रोका,जनक रोका,गिर पुन,आशा रोका,दिल्को बुढा,जुनमाया रोका,कश्मति रोका,प्रमिला पुन,बर प्रसाद रोका,अविचन झाक्रि,सम्प्रणा रोका,संघर्ष नेपाली,दिल शान्ति बुढा,जमान नेपाली,रेग बहादुर रोका,जुसे रोका,मेग बहादुर रोका लगाएत हुनुहुन्छ।स्मरण रहोस् हिरा रोका माओवादी जनयुद्वमा पुर्णकालिन कार्यकर्ता बन्दै जनमुक्ति सेनाको स्वास्थ्य विभागमा कार्यरत थिईन् भने अन्य कार्यकर्ताहरु विविध जिम्मेवारीमा थिए।

नव प्रवेशीहरुलाई सांसद यमुनाले अबिर माला सहित स्वागत गर्नु भयको थियो भने उक्त विशेष कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष अमृत बहादुर बुढा,प्रदेश कमिटी सदस्यहरु बिनोद रोका (विक्रान्त),प्रेम बहादुर घर्ती,जिल्ला उपाध्यक्ष विजय कुमार घर्ती,जिल्ला सचिव नेप बहादुर थापा,लगाएत जिल्लाका नेताहरु रमिता डागि,प्रदिप डागि,विनोद रोका,मनोज बुढा,पूर्ण कुमारी बुढा लगाएतको उपस्थिति रहेको थियो।

कम्युनिस्टहरुको किल्लाको नामले परिचित गौरवपूर्ण इतिहास बोकेको रोल्पाको ऐतिहासिक गाउँ थवाङमा दुई केन्द्रीय सदस्यहरु नबिन रोका र यमुना रोकाले नेकपा एमालेको संगठनमा व्यापक सुधार गरेका छन्।केहि वर्ष अघि सम्म माओवादी बाहेक थवाङमा अन्य कुनै राजनितिक दलमा आस्थावान कार्यकर्ता समेत छैनन् भन्ने सोचाईबाट आज नेकपा एमालेमा थवाङकै दर्जनौ अन्य दलका कार्यकर्ताहरु भित्रनुलाई सामान्य ठान्न सकिदैन।मुलुकको गतिशील राजनीतिक घटनाक्रमसंगै थवाङवासिहरु पनी सचेत एवं चलायमान भयको प्रष्ट देखिन्छ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार