२०८१ माघ १ गते बुधवार

चैते दशै आज मङ्गलवार देखि शुरु



वीरगञ्ज, चैत्र २७

आज चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदा । आज देखि चैते दशै शुरु भएको छ । असोजमा मनाइने बडा दशै जस्तै चैत महिनामा पनि चैते दशैमा देविको मन्दिर तथा शक्तिपिठहरुमा नवदुर्गाको पूजा आराधना गर्ने चलन रहेकोे छ ।

आज देखि छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न शक्तिपिठहरुमा नवरात्री पूजा गर्ने भक्तजनकोहरुको उपस्थिति बढेको छ । आज देखि नव दिन सम्म श्रद्धालुहरु उपवास बसि विधिवत रुपले शक्ति स्वरुपा माता दुर्गाको नव रुपलाइ पूजा तथा अनुष्ठान गर्ने गर्दछन ।

आज देखि सुरु भएको चैते दशैको अवसरमा आज वीरगञ्जको प्रसिद्ध गहवामाइ मन्दिर, विन्दवासिनि माइ मन्दिर, बाराको विश्वप्रसिद्ध गढिमाइ मन्दिर, जितपुर स्थित गढिमाइ मन्दिर, छिमेकी भारतीय बजार रक्सौल स्थित मनसा माइ मन्दिर लगायतका शक्तिपिठहरुमा भक्तजनको बिशेष चहलपहल देखिएको छ । साथै आजदेखी शुरु भएको नवरात्री पूजालाइ मध्यनजर गर्दै मन्दिर लाई सुसज्जित र व्यवस्थित बनाइएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार