
वीरगन्ज, २६चैत / भारतबाट राजश्व छलेर ल्याइएको आशंकामा प्रहरीले वीरगन्जबाट २६ लाख भन्दा बढी मूल्यको सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट ना ३ ख ४५०९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकबाट कपडा र खुद्रा सामान गरी २६ लाख ५९ हजार ३३५ रुपैयाँ मूल्यको सामान बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए ।सामान सहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।
प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार