२०८१ माघ १ गते बुधवार

नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरको छापा, एमडीसहित २ जना प्रहरी हिरासतमा



वीरगञ्ज / वीरगञ्जको नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरपालिकासहित प्रहरीले छापा मारेर  दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् । ल्याब (प्रयोगशाला) माम्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि प्रहरीको टोलीले कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
 एमडी अन्सारीसहित ल्याब प्राविधिक संजय साहलाई समेत पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । म्याद नाघेको केमिकल प्रयोग गरिरहेको प्राप्त विषेश सूचनाको आधारमा प्रहरीसहितको अनुगमन टोलीले छापामारी गरेको हो । 
नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापामारी गरेको वीरगञ्ज महानगरपालिकाले पुष्टि गरेको हो । 
ल्याबमा सन २०२१ मै म्याद सकिसकेको यूउरोलिग लिभर प्रोभाई नामक केमिकलसहितका औषधी बरामद भएपछि कलेका एमडी अन्सारीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार धेरै परिमाणमा ल्याबबाट म्याद नाघेको (डेट एक्सपायर) केमिकल तथा औषधीहरु बरामद भएको छ ।

 बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ । नेशनल  मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक ढुंगेलसंगै वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव , घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो ,औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार