२०८१ माघ १ गते बुधवार

आज देखि राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द



चैत २६ राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत्र २६ गतेदेखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म राम्री देखि कपुरकोटसम्म सडक बन्द हुने सडक डिभिजन कार्याय दाङका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो । साना सवारी साधनका लागि पैयाँखोरे, सातबास किमुचौर हुँदै कपुरकोट सडक वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख अधिकारीले जानकारी दिनुभएको छ

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार