२०८१ पुष २८ गते सोमवार

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु  



नवलपरासी / पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको निधन भएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १६ टागिकोटस्थित भित्री सडकखण्डमा रजहरबाट फारमतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको निधन भएको हो। 

ग.प्र‍‍०४–००१ प ४१४७ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई मोटरसाइकल सडकबाट बायाँ साइडको नालीमा खस्दा मोटरसाइकलचालक देवचुली– २ दुम्कौली बस्ने वर्ष २४ को जोन महतोको निधन भएको हो। 

दुर्घटनामा गम्भीर घाइते उनको देवचुली नगर अस्पताल दुम्कौलीमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार