२०८१ बैशाख १८ गते मङ्गलवार

पर्साकाे हुलाकी सडक दुर्घटना(अपडेट) : एक जनाकाे मृत्यु , अर्काे घाइते आइसियुमा



पर्सा चैत २० / पर्साको सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा माेटरसाईकल आपसमा ठाेक्किएर भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ।अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा दुवै माेटरसाइकलका चालक गम्भीर घाइते भएकाेमा एक जनाकाे अस्पताल पुर्याउने क्रममा बाटाेमै मृत्यु भएकाे हाे।

गण्डक नहर भन्दा उत्तर पट्टि सखुवा प्रसौनी -६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउपालिका अन्तर्गतको प्रसौनी गाउँको बिचमा रहेको हुलाकी सडकमा बेलुकी ८ बजेतिर दुई विपरीत दिशाबाट आउँदै जाँदै गरेका ना ७ प २६०३ र प्रदेश २- ०३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल  आपसमा ठोक्किएर भएकाे दुर्घटनामा परि दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।

स्थानीयबासी र प्रहरीले दुवै घाइतेलाई उद्धार गरि एम्बुलेन्समा राखेर  उपचारका लागि वीरगन्ज पठाएकोमा ती मध्ये ना ७ प ५३१५ नम्बरको माेटरसाइकल चालक पर्साकै जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरका अन्दाजी ३० बर्षिय हरिन्द्र चाैधरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

अर्का गम्भीर घाइते पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४२ बर्षिय शेख जावेद आलमकाे भने नारायणी अस्पतालकाे आइसियुमा उपचार भईरहेकाे र उनकाे अवस्थापनि सिकिस्त रहेकाे थापाले बताए ।

घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

S-mk

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार