२०८१ माघ २४ गते शुक्रवार

त्रिवेणीमा ६० घरपालुवा कुकुरको बन्ध्याकरण



रोल्पा /२०चैत२०८०

“एक स्वास्थ्य,एक गन्तव्य” भन्ने मूल नारासहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको आयोजना, त्रिवेणी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जुँगार,रोल्पाको सहकार्य  तथा हिमालयन एनिमल रेष्क्यू ट्रष्ट (HART) को प्राविधिक सहयोगमा रेविज रोग नियन्त्रणका लागि सामुदायिक तथा घर पालुवा कुकुरहरुमा बन्ध्याकरण (Spaying/Castration) कार्यक्रम त्रिवेणी गाउँपालिका जुगार रोल्पामा आज एक कार्यक्रमका बिच सुरुभएको छ । 

त्रिवेणी गाउँपालिकामा सामुदायिक तथा घर पालुवा ६० कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ ।

रेविज रोग नियन्त्रणका लागि सामुदायिक तथा घर पालुवा कुकुरहरुमा बन्ध्याकरण कार्यक्रमको पहिलो दिन ६० कुकुरको स्थायी बन्ध्याकरण र ८० कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको आयोजना, त्रिवेणी गाउँपालिकाको सहकार्य र हिमालयन एनिमल रेष्क्यू ट्रष्टको प्राविधिक सहयोगमा आजबाट २२ गते सम्म त्रिवेणी गाउँपालिकाको नव नेपाल क्याम्पस जुगारमा यस कार्यक्रम संचालन भैइरहेको छ ।

२२ गते सम्म संचालन हुने यस कार्यक्रममा सामुदायिक तथा घर पालुवा कुकुरहरुलाइ रेविज विरुद्धको खोप र स्थायी बन्ध्याकरण गरिने छ । यस कार्यक्रममा त्रिवेणी गाउँपालिकामा १५० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख शङ्खर न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार