२०८१ माघ १ गते बुधवार

पर्साबाट भन्सार छलीका ५ लाख मूल्य बराबर हरियो तरकारी तथा खाद्यान्न बरामद



१९ चैत,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट भन्सार छलीका ५ लाख मूल्य बराबर  हरियो तरकारी तथा खाद्यान्न बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नगवा र छपकैयाँबाट हरियो तरकारी तथा खाद्यान्न बरामद गरेको हो ।

प्रहरीको टोलीले ४ लाख ८९ हजार ८ सय ५० रुपैया मूल्य बराबरको भन्सार छलीको हरियो तरकारी तथा खाद्यान्न बरामद गरेको हो । 
प्रहरीको टोलीले नियमित चेक जाँचकोमा नगवाबाट २ लाख ८१ हजार रुपैयाँ बराबरको खुर्सानी ८८९ किलो, गोलभेडा २३५० किलो,  कटहर ३५ सय केजी बरामद भएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनकारी दिनु भयो । 

छपकैयाबाट २३ सय किलो मैदा, १२८ किलो पापड र ६९७ मिटर कपडा बरामद भएको हो  । छपकैयाँबाट बरामद सामानहरु करिब २ लाख ८ हजार मूल्य बराबरको रहेको पर्सा प्रहरीले जनाएको छ । 
प्रहरीले बरामद गरेको तरकारी तथा खाद्यान्न आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार