२०८२ जेष्ठ ८ गते बिहिवार

पेट्रोलियम पदार्थको भाउ बढेको छ ।



१८ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले भाउ  बढाइएको छ ।

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल प्रति  लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा विराटविराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन ।

आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।

स्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् आयल निगमको विज्ञप्ति

गञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार