२०८१ माघ १ गते बुधवार

विराट गोल्डकप : पहिलो क्वाटरफाइनलमा आज भुटान र सांग्रीला मोरङ भिड्ने



आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिन शनिबार पहिलो क्वाटरफाइनलमा पाहुना टिम भुटान र घरेलु टिम साँग्रीला मोरङ भिड्दै छन्।

भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) र  घरेलु टिम संग्रीला मोरङ फुटबल क्लबबीचको भिडन्त विराटनगरस्थित शहिद रंगशालामा आज साँझ ६ बजे सुरु हुनेछ।

विभागीय टिम नेपाल पुलिस क्बललाई उद्घाटन खेलमा ३–० गोलले हराउँदै भुटान  क्वाटरफाइनलमा आइपुगेको हो। साँग्रिला क्लब भने बाई पाएर सोझै क्वाटरफाइनलमा आएको हो।

घरेलु टिम भए पनि साँँग्रिला क्लबमा राष्ट्रिय खेलाडीहरु समेत सहभागी छन्। यता भुटानले पनि नेपालको चर्चित टिम नेपाल पुलिसलाई पराजित गरिसकेकाले आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ /

प्रतियोगितामा तीन बिदेशी टिमसहित स्वदेशी ‘ए’ डिभिजनका गरी १० टिमको सहभागिता छ। गोल्डकप बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार