२०८१ माघ १ गते बुधवार

एच .आर.मिडिया हाउस प्रा.लि द्वारा बिजेता खेलाडीहरूलाई सम्मान



दाङ, १४ चैत । एच .आर.मिडिया हाउस प्रा.लि तुलसीपुर दाङले बिजेता खेलाडीहरूलाई सम्मान गरेको छ । शृर्जनसिल युवा क्लब कालिमाटी सल्यानले तिन दिन सम्म आयोजना गरेको होली विशेष खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० मा एच. आर. मिडिया हाउस तुलसीपुर दाङले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

उक्त प्रतियोगितामा एच.आर. मिडिया हाउस तुलसीपुर बाट सहभागि भएका खेलाडीहरू क्याप्टेन भुपेन्द्र पुन (प्रेम) , कैलाश ठकुरी , हुकुम बुढाथोकी , विवेक बोहरा, बिमल पुन मगर , भिमार्जन पुन मगर , हरि पुन मगरलाई आज एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुरले एक औपचारिक कार्यक्रमका बीच सम्मान गरेको हो ।

एच.आर. मिडिया हाउस प्रा.लि तुलसीपुर दाङका प्रबन्धक एच.आर. मगरको सभाध्यक्षतामा‌ भएको उक्त सम्मान कार्यक्रममा बोल्दै सल्लाहकार एज्ञ बहादुर बुढा मगरले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सक्ने साथै कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्न सक्ने क्षेत्र खेलकुद भएको भन्दै सम्पुर्ण खेलाडीहरूलाई बधाई साथै आगामी दिन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यस्तै एच.आर. मिडिया हाउसका प्रबन्धक एच.आर. मगरले एच.आर. मिडिया हाउसको तर्फबाट सहभागी भै खेल क्षेत्रबाट आफ्नो संग संगै संस्थाको नाम उच्च राख्न सफल भएको भन्दै सम्पुर्ण खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए । यस्तै उनले खेल क्षेत्र सिंगो समाज सजिलै जोड्न सक्ने क्षेत्र भएको भन्दै एक अनुशासित तथा लगनशील हुन सम्पुर्ण खेलाडी हरुलाइ आग्रह गर्दै भोलिका दिनमा आफुहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा लोकप्रिय गायक एम.टि महर, दाङ माउन्ट फुजिका प्रमुख डिल्लीराज डाँगी, साझा टाइम्स डट कमका संचालक सुमन के.सी, पत्रकार प्रकाश के.सी , सागर सुवेदी , गणेश भण्डारी अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य हिरालाइ वली लगाएतको उपस्थिती रहेको थियो ।

मिडिया हाउसका सल्लाहकार एवम् पत्रकार बिकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण कोमल बहादुर वलि (के.वि) ले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार