२०८१ माघ १ गते बुधवार

सिर्जनसिल युवा क्लव द्वारा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि एचआर मिडिया हाउसले जित्यो



दाङ, १२ चैत । सिर्जनसिल युवा क्लब कालिमाटी सल्यानले दुई दिन सम्म आयोजना गरेको होली विशेष खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधि एच. आर. मिडिया हाउस तुलसीपुर दाङले हात पारेको छ ।
फागुन १० देखि १२ गते तिन दिन सिर्जनसिल युवा क्लब कालिमाटी सल्यानले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा ९ टिम सहभागी भएका थिए भन्ने फाइलमा एच.आर. मिडिया हाउस तुलसीपुर दाङ र गंगामाला युवा क्लब कालीमाटी प्रवेश गरेका थिए ।
बेस्ट अफ 3 खेलाइएको उक्त खेलमा एच. आर. मिडिया हाउस तुलसीपुर दाङले दुई सेट आफ्नो हात पार्दै नगद १५ हजार संगै उपाधि चुम्न सफल भएको हो । यस्तै एच.आर मिडिया हाउस तुल्सीपुर दाङका खेलाडी बिक्री बोहराले बेस्ट सटर समेत हात पारेका हुन ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार