
चैत १२ गएराति ललितपुर ढोलाहिटीमा भएको ग्याङ फाइटमा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ ।
राति ९ बजे दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई छन् । उनीहरूमध्ये पुजनलाई कोखा र रोबसलाई खुट्टामा चक्कु हानिएको थियो । रोबसको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार