२०८१ चैत्र ७ गते शनिवार

पर्शा राष्ट्रिय निकुञ्जमा बाघको अवस्था ।।।



विनोद मण्डल,चैत्र ७ । मधेश प्रदेशको पर्सा जिल्लामा विक्रम सम्वत २०४० सालमा स्थापना भएको पर्सा राष्ट्रिय निकुञ्ज ६२७.३९ वर्ग कि.मि. चितवन, मकवानपुर र पर्सा जिल्लाका केही भागहरू समेटेर पर्सा राष्ट्रिय निकुञ्ज बनाईएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको ५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको सबैजसो भूमि ढाकेको छ ।

केही दशक अगाडिसम्म यो क्षेत्रलाई प्रख्यात चारकोशे झाडी क्षेत्र भनिन्थ्यो र यसलाई प्रमुख शिकारस्थलको रूपमा लिइन्थ्यो । यहाँका प्रमुख जनावरहरू जंगली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि हुन् ।

वन पैदावार (ढुङ्गा, गिट्टी, बालुवा) को बढ्दो माग र क्रसर उद्योगहरूको विस्तारले गर्दा निकुन्जको जैविक विविधता संरक्षणमा समस्या सृजना भएको छ ।

पाटे बाघ मुख्यतया भारत, नेपाल र बङ्गलादेशको रैथाने बाघको उपप्रजाति मानिन्छ । विभिन्न प्रकारका वासस्थानमा बस्न सक्ने पाटे बाघहरू घांसेमैदान देखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमी आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओसीला दलदलहरूमा समेत बाघले आफ्नो वासस्थान बनाएको हुन्छ ।

जङ्गलमा खुल्लारूपमा रहने भाले बाघहरू साधारणतय करिब २०५ देखि २२७ किलोग्राम सम्म तौल भएका हुन्छन् भने पोथी बाघहरू औशत रूपमा करिब १४१ किलोग्राम तौलका हुन्छन् ।

सबैभन्दा धेरै बाघहरु करिब १ सय २८ वटा चितवन राष्ट्रिय निकुञ्जमा रहेको छ भने बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।

नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प गरेको थियो ।

नेपालका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी पाँच स्थानमा बाघ पाइन्छ ।

यतिबेला पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका वनमा विश्वकै दुर्लभ वन्यजन्तु पाटे बाघ मर्ने र मारिने क्रम बढ्न थालेको छ ।

मंगलबार मात्रै एउटा बाघ गोली लागेको अवस्थामा मृत फेला परेको स्थानीय वन प्रशासनले जानकारी दिएको छ । यी सहित निकुञ्जसँग जोडिएका वन क्षेत्रमा मरेका र मारिएका बाघको सङ्ख्या ४ पुगेको छ । पछिल्लो यी घटनाले दुर्लभ बाघको संरक्षणमा चुनौती थपेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार