२०८१ माघ १ गते बुधवार

चर्चित गायिका समिक्षा अधिकारी विवादका बीच दाङ आउँदै, र्यापर सुदिप भण्डारी ( G-Bob ) पनि आउदै



६ चैत, दाङ – चर्चित गायिका समिक्षा अधिकारी, र्यापर सुदिप भण्डारी ( G-Bob ) लगायतका कलाकार दाङ तुलसीपुरमा आउने भएका छन् ।

प्राकृतिक कला केन्द्र तुलसीपुर दाङले चैत ९ देखी १२ सम्म अरनिको मैदान तुलसीपुरमा आयोजना गर्न लागेको तुलसीपुर होलि फेस्टिवल २०८० मा आफ्नो प्रस्तुति लिएर चर्चित गायिका समिक्षा अधिकारी, र्यापर सुदिप भण्डारी ( G- Bob ) र्यापर Mr. D, गायक एम टि महर, मोडल करिश्मा ढकाल, गायक टंक खड्का, शान्तराम सेन्चुरी लगायतका कलाकार दाङ तुलसीपुरमा आउन लागेका हुन् ।

चार दिनसम्म हुने उक्त कार्यक्रममा अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि सहभागिता हुने आयोजकले राप्ती सञ्चार हामीले जानकारी जानकारी दिएको हो । कार्यक्रम दिउँसो १ बजे देखी राती ९ बजे सम्म संचालन हुने आयोजकले बताएको छ

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार