चैत ४ आफैले चलाएको टिपरले च्यापेर नवलपुरमा एक जनाको मृत्यु भएको छ ।
बिनयी त्रिवेणी गाउपालिका-३ सालघारी स्थित भित्री सड्कखण्डमा पाल्पा बाट होङसी सिमेन्ट कम्पनिको चुनढुङगा लोड गरी आउदै गरेको लु १ क ५२८१ नं.को टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
चालकले नियन्त्रण गुमाए पछि सडक बाट अन्दा३०/४० मिटर तल खसेको टिप्परले च्याप्दा टिप्पर चालक गैंडाकोट-१३ का बलिराम महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनाग्रस्त टिप्परले च्यापिएका महतोको शव जेसिबीको सहयोगमा निकालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार