रमेश वलि
दाङ, ३ चैत्र । रगत मानव जीवनको लागि अत्याबश्यक छ । रगत अभाव हुन नदिन युवा युवती हरु दाङमा स्व–इच्छाले रगत दान गरिरहेका छन् । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प भनेकै रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन लगायतका कारणले रगतको माग आकाशिएको छ । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । यही समस्यालाई समाधान गर्न एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर दाङको आयोजना र ग्लोबल ओरिन्श नेपाल तुलसीपुर बिक्री केन्द्रको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर प्रबन्धक तथा रक्तदाता एच.आर मगरले बताउनु भएको हो । हाम्रो समाजमा
अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन मगरले भन्नु भयो । यस्तै खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेतले जीवनको सर्वोत्तम कार्य रक्तदान ले जीवन बचाउन मदत गर्ने बताउनु भयो , मानवताकाे सेवा नै, जीवनकाे सर्वोत्तम कार्य हाे ।”पुण्य काम को लागि मानवले मानवको जीवन बचाउन सक्नु पर्छ उहाँले भन्नु भयो। रगत व्यवस्थापनका लागि गाउँपालिका बट रु १ लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले ब्लड बैंक हरुमा रगत अभाव हुन नदिन युवा साथीहरुले गरेको कार्यको प्रशंसा गर्नु भयो । रगत अभावमा कसैले प्राण त्याग गर्नु हुँदैन । सबै जनाले रगत अभाव हुन नदिन सहयोग गर्नु पर्ने लहरेले बताउनुभयो । रगतको अभाव ले विभिन्न प्रकोप, धेरै गर्भावती तथा सुत्केरी हरुको अकालमा मृत्यु भएको खबर सुनेको हुनाले आफूलाई रगत दान गर्न इच्छा भएको ग्लोबल ओरेनसका अस्मिता चौधरीले बताउनु भयो
खुल्ला रक्तदानमा ४६ जनाले रगत दान गरेका थिए । १३ जना महिला र ३३ जना पुरुष रहेका थिए । रगत दान गर्नेमा
शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेत, युवा व्यवसायी अरुण लहरे, दीपक जंग क्षेत्री लगायतका रहनु भयको थियो । स्वागत मन्मतव्य ग्लोबल ओरेन्स का मनोज चौधरी ले गर्नु भएको थियो भने सहजीकरण शान्तराज सेन्चुरीले गर्नु भयको थियो ।
प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार