२०८१ माघ १ गते बुधवार

दाङ तुल्सिपुरबाट काठमाडौंको लागि छुटेको बस गढवा-१ जुरौनीमा दुर्घटना, ३ जना घाइते



गढवा, २९ फागुन।

दाङबाट काठमाडौंको लागि छुटेको ०९७४ नम्बरको ब्लयु स्काइ बस गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा दुर्घटना भएको छ। दाङको तुलसीपुर बाट काठमाडौंको लागि छुटेको बस मंगलवार राती करिब ९:४० बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।
बसको टाईरेटगोली फुत्किदा बस अनियन्त्रित भई सडक भन्दा ५ मिटर दायाँ गई सालको रुखमा ठोक्किदा दुर्घटना भएको प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएकाहरुको राप्ती पोलिक्लिनिक पठाईको छ।
दुर्घटनामा परी घाइते ३ जनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको छ।
घाईतेहुनेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २१ की आश्ता पौडेलको दुबै हात, छाती र टाउकोमा चोट लागेको छ । त्यसैगरी बसमा सवार दाङ तुलसीपुर उपमहानगरपालिका बस्ने बर्ष २२ को बाबुराम लामीछानेको दुबैहात र दुबै खुट्टामा चोट लागेको छ। बसमा सवार लमही नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४८ की बबिता शाहीको ढाडमा चोटलागेकोको ईप्रका गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार