वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बताइएको छ।
आगो नियन्त्रणका लागि लम्की नगरपालिकाको दमकल केहीबेर अगाडि घटनास्थल पुगेर आगो निभाउन सुरू गरेको छ भने अर्को दमकल पनि जानेक्रम जारी रहेको छ । अपराह्न साढे ४ बजेतिर ट्रकमा एकाएक पछाडिबाट आगो सल्किएको थियो ।
पछाडि भागबाट आगो सल्किएको हुँदा आपसमा घर्षन उत्पन्न भई ट्रकमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट केकस्तो क्षति भयो भन्ने विवरण आउन बाँकी छ
प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार