विनोद मण्डल,फाल्गुन २७ । सिराहा जिल्लामा पछिल्लो समय हत्याको घटना लगातार भइरहेको अवस्था रहेको देखिन्छ ।
गोलबजारमा भएको हत्या घटना सेलाउन नपाउँदै फेरि हत्याको घटना सिरहामा घटेको अवस्था रहेको देखिन्छ ।
घरायसी विवादका कारण सिराहा जिल्लाको सिराहा नगरपालिका वडा नं ६ स्थित बसविटामा धारिलो हतियार प्रहार गर्दै श्रीमान राम उदगार शाहले आफनै श्रीमती निर्मला शाहको हत्या गरेको छ ।
दिँउसो करिब ४ बजेको समयमा घटेको घटना लगतै प्रहरीको टोली पुगेर वस्तुस्थितिको मुचुल्का उठाई शवलाई पोस्ट मारडमका लागि लगिएको अवस्था रहेको छ ।
प्रहरीले श्रीमान राम उदगार शाहलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार