२०८१ पुष २८ गते सोमवार

राप्रपाले राजा ल्याउछ भन्नु र हुटिट्याले आकाश थाम्छ भन्नु एउटै हो : हंशराज केसी



फागुन २७ राप्रपाले राजा ल्याउछ भन्नु र हुटिट्याले आकाश थाम्छ भन्नु एउटै हो ः हंशराज केसी
तुलसीपुर, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पुर्व दाङ जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि हंसराज केसीले पार्टी परित्याग गर्नुभएको छ । आज आइतबार सामाजिक सञ्चाल फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी गराउनुभएको हो । पार्टी सहि दिशामा अगाडी बढ्न नसकेपछी मुर्खहरुसँग प्रतिवाद गर्नुभन्दा अलग्गिनु नै उचित ठानेर राजिनामा दिएको उहाँले बताउनुभयो । २०६५र०६६ सालदेखी पार्टीमा लागेर २०७९ मा भएको प्रदेश र संघको निर्वाचन सामना गर्दै यहाँसम्म आएपनि पार्टीले आफुलाई चारैतिरबाट दबाउन खोजेपछी राजिनामा दिन बाध्य भएको उहाँको भनाई छ । पार्टीको हितको लागी विगत देखी नै धेरै योगदान गर्दै आएको उहाँले स्मरण गराउनुभएको छ । तर, अहिले राप्रपा पुराना पार्टी भन्दा पनि ९९ गुणाले गराब निस्किएपछी लाचार भएर टुलुटुलु हेरेर आफु बस्न नसक्ने उहाँले बताउनुभयो । पार्टीको सुशासन र पारदर्शिताप्रति पनी उहाँले विभिन्न खाले प्रश्न उठाउनुभएको छ ।

पार्टी प्रति उहाँले महाधिवेशनको मर्म र भावना बिपरित काम गरेको, आर्थीक हिसाब–किताब पारदर्शी नभएको, केन्द्रिय समिति र कार्यसम्पादनका बैठक नबोलाएको लगाएतका आरोप लगाउनुभएको छ । पछिल्लो समय नेतृत्व स्वइछ्याचारी र पार्टीको महाधिवेशनको म्याण्डेट बिपरित जादा पार्टीलाई एउटा सामान्य क्लब भन्दा तल्लो स्तरमा राखेको उहाँको भनाई छ । राप्रपाको बारेमा आम कार्यकर्ता र जनताले बुझिसकेको भन्दै राप्रपाले हिन्दुराष्ट र राजा ल्याउछ भनेर पत्याउनु र हुटिट्याले आकाश थाम्छ भन्नु एउटै भएको उहाँले बताउनुभयो । राप्रपाको कुनै उचित उदेश्य र एजेण्डा केही नभएको पनि उहाँले बताउनुभयो । अब हाललाई स्वतन्त्र भएर समाजमा रचनात्मक काम गर्दै जाने समेत उहाँले बताउनुभएको छ । यस्तै राप्रपा निकट मिडिया नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष तेज वलीले पनि आजै बाट राजिनामा दिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी गराउनुभएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार