२०८१ पुष २८ गते सोमवार

दलित उत्थान जागरण समुहको वडा कमिटी गठन अध्यक्षमा दिलमाया नेपाली चयन



दलित उत्थान जागरण समुहको आज तुलसीपुर ४ बनहरिमा बैठक बसि वडा समिति गठन गरिएकाे छ । समुहका अध्यक्ष टोप बहादुर बिकको अध्यक्षता र तुलसीपुर ३ का वडा अध्यक्ष वीर बहादुर बिक (बिजय) को प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र बिश्वकर्माको बिशिस्ट आतिथ्यतामा बसेको बैठकले दिलमाया नेपालीको अध्यक्षतामा ११ सदस्य वडा समिति गठन गरिएको
समितिको उपाध्यक्षमा धनकुमारी नेपाली ,सचिबमा सुशील गन्धर्व , कोषाध्यक्षमा राजकुमारी बिक रहनु भएको छ । यस्तैगरि सदस्यहरुमा बिक्रम बिक, नबराज बिक, तिल बहादुर बिक, अनन्त गन्धर्व ,भगवती नेपाली , देबिराम नेपाली र मधुकर बिक चयन हुनुभएको छ । सो अबसरमा बोल्दै वडा अध्यक्ष बिकले दलित समुदायको हक र अधिकारका निम्ति आम दलित समुदाय एकजुट हुनुपर्ने बताउनु भएको थियो ।
राजनितीक आस्था र बिचारले जो जहाँ भएपनि आम दलित समुदायको मुद्दामा सबै एकजुट हुनुपर्ने उहाले बताउनुभयो । बैठकको सहजीकरण समुहको सचिब हिरा बिकले गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार