पर्सा सम्बादाता । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलीसले ११४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ४ जना महिलालाई सम्मान गरेको छ ।
क्लबद्वारा सञ्चालित उज्यालोका किरण नामक कार्यक्रममा नारायणी अस्पताल वीरगञ्जकी प्रसूती वार्डकी नर्सिङ इन्चार्ज हेमा थापा, सिद्धार्थ इन्टरनेशनल कलेज वीरगञ्जकी निर्देशक एवम् क्याम्पस प्रमुख डा. सुष्मा तिवारी द्विवेदी, वुमेन्स स्किल सेन्टर वीरगञ्जकी अध्यक्ष चन्चला दास र चिल्ड्रेन व्र्लड स्कुलकी संचालक रेनुका गिरीलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीले चारै जनालाई सम्मान पत्रले खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मेयर सरावगीले महिलाले अहिले पनि सम्पुर्ण अधिकार नपाएको वताए । संविधानले दिएको अधिकार पनि महिलाले नपाएकोमा उनले चिन्ता व्यक्त गरे । पूर्व मेयर सरावगीका अनुसार महिला स्वरोजगार भएर आत्मनिर्भर भएमा मात्रै सशक्त हुन्छन् ।
शिक्षा, स्वास्थ्य र समाजिक क्षेत्रमा महिलाको बढ्दो सहभागिता सकारात्मक भएको क्लबका उपाध्यक्ष दिपु बर्णवालको भनाई आफ्नै क्षेत्रमा निरन्तर लगावका साथ काम गरीरहेका महिलालाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मान गरिएको बर्णवालले वताए ।
क्लबकी अध्यक्ष रेसु अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, रोट्रयाक्ट डिस्ट्रिक ३२९२ का इन्टरनेशनल सर्भिस डाइरेक्टर सन्दिप ओझा, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतको उपस्थिती रहेको थियो । वीरगञ्जस्थित म्याजिक बेलमा भएको कार्यक्रमको संचालन विना प्रजापतीले गरेकी थिइन् ।