
रोल्पा / २०८० फागुन २६ रोल्पाको थवाङ गाउँपालिका १ र २ मा नेकपा माओवादीको लालकिल्ला भत्काउदै आधा दर्जन युवा नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ! नेकपा एमालेको मिसन ८४ कार्यक्रम अन्तर्गत पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाइ नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बिनोद रोका मगर (बिक्रान्त)ले स्वागत गर्नुभएको थियो ! पार्टी प्रवेश गर्नेहरुमा गिर बहादुर पुनमगर,जनक रोकामगर,
संकल्प रोकामगर,इगप्रसाद बुढामगर,पुंगी रोकामगर र जुनमाया रोकामगर रहेका छन् !
नेकपा एमाले थवाङ गाउँपालिका सचीव हिक्मत घर्तीमगरको अध्यक्षता एवम नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य विनोद रोकामगर ( बिक्रान्त) को प्रमुख आतिथ्यता रहेको पार्टी प्रवेश कार्यक्रममा अन्य अतिथिहरु नेकपा एमाले थवाङ गाउँपालिका इन्चार्ज विनोद रोकामगर,जिल्ला कमिटी सदस्य मनोज बुढामगर,नेकपा एमाले थवाङ गाउँपालिका -३ का वडा अध्यक्ष मनप्रसाद नेपाली, वडा सदस्य लिल बहादुर घर्तीमगर लगायतको आतिथ्यता रहेको थियो ! उक्त कार्यक्रममा नेकपा एमाले थवाङ गाउँपालिकाका निवर्तमान सचीव धन कुमार रोकामगरलाई पालिका उपाध्यक्षमा चयन समेत गरिएको कार्यक्रमका प्रमुख अतिथि विनोद रोका ( बिक्रान्तले) बताउनुभयो !
कार्यक्रममा बोल्दै नव प्रवेशीहरुले नेकपा एमालेले थवाङमा राम्रो काम गरिरहेकाले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको बताएका छन । गत स्थानीय तहको निर्वाचनमा नेकमा माओवादी केन्द्रको किल्ला मानिने थवाङको – ४ नं वडामा नेकपा एमालेले जितेको थियो !
कार्यक्रमका प्रमुख अतिथि बिक्रान्तले थवाङ जस्तो ठाउँमा पार्टी संगठन बिस्तार गर्न चुनौती रहेको बताउदै मिसन ८४ अन्तर्गत पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिंदै पार्टी संगठनलाई बलियो बनाउदै लैजाने बताउनुभयो ! साथै थवाङ गाउँपालिकाबाट नेकपा एमाले रोल्पाको २९ र ३० मा हुने अधिवेशनमा ६ जना प्रतिनिधि पठाइने निर्णय गरिएको प्रमुख अतिथि रोकाको भनाइ रहेको छ !


नेकपा एमाले रोल्पाको जिल्ला अधिवेशन २०८० फागुन २९ देखि ३० सम्म जिल्ला सदरमुकाम लिवाङमा हुने नेकपा एमाले रोल्पाले बताएकोछ !!